भदौ १३ मा प्रेममा हुने त्याग, समर्पण र बलिदानीको कथा



ठुलोपर्दा डटकम, काठमाण्डौ ।yo-katha
नेपाली चलचित्र ‘यो कथा हो तिम्रो मेरो’को अडियो गीत औपचारिक रुपमा सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ओम प्रतिक निर्देशित यो चलचित्रको संगीत चर्चा तथा चलचित्र चर्चा गरिएको छ ।

प्रेममा हुने हार जीतको कथा नै यो चलचित्रको सारतत्व रहेको बताईएको छ । द फ्रेम क्रियशन प्रालीको व्यानरमा बनेको यो चलचित्रमा विकास चौधरीको संगीत रहेको छ भने शिव परियार, मनिषा पोखरेल, दिपक लिम्बु, राजेश पायल राई, रजिना रिमाल र प्रविशा अधिकारीको स्वर रहेको छ । गीत रचना गणेश सुवेदी, शंकर अधिकारी ‘घायल’ र रवि कार्कीले गरेका छन् ।

भदौ १३ गतेबाट प्रदर्शनमा आउने ‘यो कथा हो तिम्रो मेरो’मा निर्देशक स्वयंको पटकथा तथा संवाद रहेको छ भने रमेश कुमार राईले कथा लेखेका हुन् । चलचित्रमा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना, विमला गिरी, ओम प्रतिक लगाएतको अभिनय रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा सुरेश बज्रचार्यको छायांकन छ । कार्यकारी निर्माता राम वुढाथोकी हुन् । अनिल हेक्का सह-निर्माता र रमेश प्रजापती निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu