‘जिन्दावाद’को नाम परिवर्तन भई ‘सम्बोधन’ बन्यो | फर्स्ट लुक पोस्टर सार्वजनिक



ठुलोपर्दा डटकम, काठमाण्डौ
राजनैतिक बिषयवस्तु नभएता पनि ‘जिन्दावाद’ नाम राखेर निर्माण भएको चलचित्रको नाम परिवर्तन गर्दै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । हिट चलचित्र ‘होस्टेल’ निर्देशक हेमराज बिसीले निर्देशन गरेको यो चलचित्रको नाम ‘सम्बोधन’ राखिएको छ ।
Sambodhan

भाद्र ६ गते रिलिज मिति तोकिएको ‘सम्बोधन’लाई सरोज न्यौपानेले बनाएका हुन् । भ्रष्टाचारको कथालाई उठान गरिएको यो चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ, त्रिचन्द्र कलेजका स्ववियू सभापती विनय भट्टको मुख्य अभिनय रहेको छ । निर्देशक बिसीले यो चलचित्र लेखेका हुन् । चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu