सवारी चेतना जगाउँदै हाईवेमा ‘नागबेली’



nagbeli-highway

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
जब चलचित्र प्रदर्शनको मिती नजिकिन्छ, तर निर्माता निर्देशकहरु अनेक बहानामा प्रचार-प्रसारको लागी तयार हुन्छन् । सकारात्मक सन्देश दिने प्रचारदेखी विवादास्पद हतगण्डा अपनाउने नेपाली चलचित्रकर्मीहरुको नियती नै बनिसकेको छ । तर यहि असार २७ गतेबाट प्रदर्शनको मिती तय गरको चलचित्र ‘नागवेली’ले भने सवारी चेतना जगाउने उद्देश्यले सडकका घुम्ती-घुम्तीहरु देखी रुखरुखमा समेत होर्डिङ बोर्डहरु राख्दै देश दौडाहामा हिँडेको छ ।

झट्ट सुन्दा ‘नागवेली’ शब्दले नै घुम्ती भन्ने जस्तै अर्थ दिने भएकोले पनि चलचित्रको प्रचार पनि हुने र ट्राफिक सन्देश पनि छरिने भएकोले यो उपाय अपनाएको हो । राजमार्गमा यात्राको क्रममा बिभिन्न चोकचोक तथा घुम्ती-घुम्तीहरुमा अहिले ‘नागवेली’को पोस्टर तथा ‘होर्डिङ वोर्ड’हरु देख्न सकिन्छ । यात्राको क्रममा जो सुकैलाई पनि झट्ट आँखा अगाडी चलचित्रको नाम पर्दा मनमा बस्ने हुँदा सन्देश पनि जाने र प्रचार पनि हुनेभएकोले यो उपाय अपनाएको निर्माण युनिटको दावी छ ।

रोमियन लिम्बुको लगानी तथा गोविन्द राइको डेब्यु निर्देशनमा तयार यो चलचित्रमा दयाहाङ राई, यशराज गराच, विक्की मल्ल, हर्षिका श्रेष्ठ लगायतका कलाकारहरु अभिनयमा छन् । चलचित्र असार २७ बाट उपत्यका सहित देशैभर एकसाथ रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu