फेसबुकका भित्तामा ‘एउटा साथी’ !



euta-sathi

ठुलोपर्दा डटकम, काठमाडौं ।
सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेब्यु निर्देशन रहेको चलचित्र ‘एउटा साथी अहिले सामाजिक सञ्जालहरुमा चर्चामा छ । सामाजिक सञ्जालबाट नै दशैंको फुलपातीको दिनलाई चलचित्र प्रदर्शनको मिती सार्वजनिक गरेका निर्देशक सुवेदीले प्रचारप्रसार सँगै चलचित्रको प्रदर्शनको मिती सवैलाई जानकारी होओस् भन्ने उद्देश्यले ‘फेसबुक क्याम्पियन’ आगाडी बढाएको जानकारी दिए । यो मितीमा नै नायिका रेखा थापाको चलचित्र ‘हिम्मतवाली’ पनि दर्शकमाझ आउने यसअघी नै घोषणा भईसकेको छ ।

गणेश कुमार श्रेष्ठले खिचेको यो चलचित्र अहिले पोष्ट प्रोडक्शनमा छ । रोमान्टिक प्रेम कथामा आधारित यो चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ् र शिशिर भण्डारी मुख्य भुमिकामा छन् भने चलचित्रमा नायिका अनु शाह सँगै निर्देशकद्वय सोभित बस्नेत र नारायण पुरीको पनि पनि विशेष अभिनय रहेको छ ।

विगत १३ वर्ष देखी सक्रिय रंग पत्रकारिता गर्दै आएका सुवेदीले यो बीचमा बटुलेको चलचित्र क्षेत्रको सबै अनुभवलाई अब भने एक निर्देशकको माध्यमबाट ‘एउटा साथी’मा खर्चिएको लागेको बताए । निर्देशक सुवेदीले भने, ‘चलचित्रले पूर्ण रुपमा मनोरञ्जन पस्कनेछ’ । ‘एउटा साथी’को कथा सुशिल पंगेनीले लेखेका हुन् । चलचित्रमा द्धन्द्ध निर्देशन राजेन्द्र खड्गीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu