खतिवडाको ‘मेरो मान्छे’



sagun-shahi

अपिल त्रिपाठी, पोखरा ।
निर्माता नारायण खतिवडाले ‘मेरो मान्छे’ नामक नाया फिल्म निर्माण गर्ने भएका छन् । ‘मेरो मान्छे’ पुर्ण प्रेमकथामा आधारित हुनेछ । चलचित्रमा नायिका सगुन शाही र मिस थापा पक्का भइसकेका छन भने नायकको टुङ्गो लाई नसकेको निर्माता खतिवडा बताउँछन । अर्जुन पोख्रेलको संगीत रहने चलचित्रमा निर्देशक भने नयाँ हुने छन् ।

पोखरा, चितवन, इलाम, गोर्खा र काठमाडौमा चलचित्रको छायङ्कन हुनेछ । यस अघि ठुलो बजेटका दुई चलचित्रको निर्माणबाट खासै ब्याबशायिक सफलता हात नपारेका निर्माता खतिवडाको यो तेस्रो चलचित्र हो । “अघिल्लो पटक म नयाँ थिए, कहाँ कसरी लगानी गर्ने र कसरी लगानी उठाउने त्यती ज्ञान थिएन” लोकेशन हेर्न पोखरा आइपुगेका निर्माता खतिवडा भन्छन्, “यस पाली चाही परीपक्क लगानी गदैछु ।”

लगानी कती गर्नुहुन्छ त भन्ने प्रश्नमा खतिवडा भन्छन्, “राम्रो फिल्म बन्ने र लगानी उठ्ने रकम खर्च गर्छु ।” दर्शकको चलचित्र प्रतिको मनोबिज्ञान बुझेको बताउँदै ‘मेरो मान्छे’ लाई उत्कृष्ट ब्यावसायिक फिल्म बनाउने निर्माता खतिवडाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu