गायिका अञ्जु पन्तद्वारा जन्मदिनमा समाजसेवा | वृद्दा तथा अनाथसँग जन्मदिन



Anju-Panta-bday

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लोकप्रिय गायिका अन्जु पन्त आफ्नो जन्म दिनको अवसरमा पाटन चर्चमा आश्रीत बृद्धा तथा बालबालिकालाई लत्ताकपडा प्रदान गरेर तथा भोजन गराएर आफ्नो जन्म दिन मनाएकी छन् । १० असारमा जन्मदिन भएपनि उनी सो समयमा कार्यक्रमको शिलशलिामा कुवेत तथा अष्ट्रेलियामा भएकाले नेपाल आएर असहाय बुद्धा र बालिबालिकालाई १४ असारमा केक काटेसँगै सहयोग बाडेर जन्मदिन मनाईन् ।

Anju-Panta-bday1

ललितपुरको कुमारीपाटीमा रहेका कृपा हाउस नामक वृद्दाश्रम तथा अनाथालयमा रहेका ९ बृद्धा आमा र १० बालबालीकाहरुलाइ लत्ता कपडा बाहेक खानपान गराएकी थिइन् । त्यो सँगै उनीहरुका लागि १ महीनाको लागि खानपानको लागि सहयोग गरेको उनले बताइन् । हरेक वर्ष उनले यसै गरि जन्मदिन मनाउँदै आएको बताइन् ।

Anju-Panta-bday2

समाजसेवाको क्षेत्रमा विगत देखी ने विभिन्न काम गर्दे आएकी उनी भन्छिन्, ‘दुखी मनलाई गीत सुनाएर, सकेको सहयोग गर्न पाउदा निकै आनन्दीत हुने गर्छ त्यसैले आगमी दिनमा पनि यस्तो काममा सक्दो सहयोग गर्नेछु ।” सो कार्यक्रममा उनकी आमा, दीदी लगायत आश्रमका संचालकले उनलाई जन्म दिनको शुभकामना दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu