नीर शाहको स्वास्थ्यमा सुधार



ठुलोपर्दा डटकम, काठमाण्डौ ।neer-shah
शनीवार अचानक बिरामी परेर अस्पताल भर्ना भएका बरिष्ठ चलचित्रकर्मी नीर शाहको स्वास्थ्यमा सुधार आएको छ । अस्पताल पुगेका निर्देशक सुमन दाहालका अनुसार हाल शाहलाई भेण्टिलेटरबाट बाहिर निकालिएको छ ।

मुटुमा ब्लड सर्कुलेसन ब्लक भएपछि एक्कासी बेहोस भएका नीर शाहलाई आइतवार अबेरसम्म कसैलाई भेट्न दिईएको थिएन । शाह घरमै भएको बेला अचानक बेहोस भएका थिए । शनीवार शाहलाई बाँसबारी स्थित गंगालाल अस्पतालको सिसियू कक्षमा उपचारार्थ राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu