दिन-दिनै मरेर बाँचेकी गरिमा एक्शनमा



garima-thooli

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
प्रायः चलचित्रमा रोनाधोनामा अभिनय गरेकी नायिका गरिमा पन्त अब एक्शनमा देखिँदै छिन् । चलचित्र ‘ठूली’को भर्खरै सार्वजनिक प्रोमोमा गरिमा ‘एक्शन लेडी’को रुपमा देखिएकी छिन् ।

भाद्र ६ गते रिलिज हुने यो चलचित्रलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गरेका छन् । नेपाली समाजमा विद्यमान महिलामाथीको दमन र अत्याचारको बिषयमा बनेको यो चलचित्र नारी आवाज सशक्त बनाउन मद्दत गर्ने बताईएको छ ।

यो चलचित्रमा लगानी भने अमेरिकामा बस्दै आएका पुष्कर पन्तको छ । चलचित्रका कार्यकारी निर्माता सुनिल बस्नेत हुन् । ‘ठूली’मा जिवन लुईँटेल, गरिमा पन्त, विशाल पहाडी, निला बस्नेतको साथमा बाल कलाकार कञ्चन ठकुरीको अभिनय रहेको छ ।

यो चलचित्रलाई शेर बहादुर लामाले खिचेका छन् भने संगीत बसन्त सापकोटाको रहेको छ । द्वन्द्व निर्देशन सुरेन्द्र शाहले गरेको यो चलचित्रमा नृत्य बसन्त श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu