फागुन एक मा रिलिज हुँदै ‘अधकट्टी’



adhkatti

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
दैनिक देखिने, पढिने र सुनिने घटना काँचको पर्दामार्फत देखाईन लागेको चलचित्र ‘अधकट्टी’को रिलिज मिति तोकिएको छ । आँफै वितरक रहेका निर्माता प्रदिप उदयले फागुन १ गते ‘अधकट्टी’ रिलिज हुने ठुलोपर्दा डटकमलाई बताए ।

सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरेको यो चलचित्रमा बेरोजगार युवाको कथा समेटिएको छ । सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी र जया शर्माको पटकथा तथा संवाद रहेको ‘अधकट्टी’मा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर बिष्ट र नव प्रस्तुतीको रुपमा प्रदीप बाँस्तोलाको मुख्य भूमिका रहेको छ । नायिका नम्रता श्रेष्ठ र नायक गजित बिष्ट बिशेष भूमिकामा छन् ।

‘अधकट्टी’मा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन रहेको छ । यतिबेला ‘अधकट्टी’ छायांकन सकि पोस्टप्रोडक्शनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu