घरछेउमै आयो ‘चिहान’ साथमा ‘अनौठो प्रेम कथा’



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
वास्तविक घटनालाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘चिहान’ देशव्यापी प्रदर्शनमा आएको छ । एउटा नयाँ चिहान खन्नु र उधिन्नु अघि नै उपचार गर्नुपर्छ, नत्र घटनाले निरन्तरता पाईरहन्छ भन्ने बिषयमा बनेको यो चलचित्रलाई बद्रिकृष्ण श्रेष्ठले निर्देशन गरेका छन् ।

Chihan1

अनाबश्यक तरीकाले शंकामा डुब्दा मान्छे कसरी हत्यारा बन्दोरहेछ र त्यसको उपचार के हुन सक्छ ? भन्ने सन्देश जाने यो चलचित्र पूर्ण मनोरञ्जनात्मक रहेको निर्देशक श्रेष्ठले बताए । निरज वराल, पुजना शाही, अनुपा कार्की लगाएतको अभिनय रहेको यो चलचित्रका निर्माता रमेश श्रेष्ठ र मेनुका थापा हुन् ।

यो चलचित्रमा चलचित्रमा विरेन्द्र भट्टको छायांकन, साजन श्रेष्ठको सम्पादन, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको एक्सन छ ।

त्यस्तै, प्रेमकथाको ‘अनौठो प्रेमकथा’ पनि रिलिज भएको छ । सुष्मा अधिकारी, सन्तोष वली, नीरन्जन थापा, सपना ताम्राकार लगाएतको अभिनय रहेको यो चलचित्रलाई कन्चन शाहीले निर्देशन गरेकी छिन् । सुशान्त सिंह, शर्मिला शाही र पुष्पराज शाहीले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu