‘लभर हिरो’ टर्न्स ‘एक्शन हिरो’ आर्यन | भाद्र १३ मा नाईके बनेर आउँदै



aaryan-sigdel-naike

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक आर्यन सिग्देल ‘चकलेटी व्वाई’ तथा लभर व्वाईको रुपमा परिचित छन् । हालसम्म प्रदर्शनमा आएका आर्यन अभिनिय प्रायः चलचित्र प्रेमकथामा आधारित रहेको कारण नै प्रायः फ्यानहरु त् माथी पनि ‘महिला’ फ्यान बढी कमाएका आर्यनलाई धेरैले ‘लभर व्वाई’को रुपमा धेरै चलचित्रमा मन पनि पराएका छन् ।

यो कुरा यतै छोडौँ, अब भने आर्यन फरक ‘गेटअप’मा नयाँ चलचित्र मार्फत देखिने भएका छन् जसले आर्यनलाई प्रेमकथा भन्दा फरक पात्रको रुपमा आर्यन दर्शक तथा फ्यानमाझ लोकप्रिय हुन्छन कि नाई भन्ने कुरा कौतुहलताको विषय छ ।

Aaryan-Surbina-Naike

आगामी भाद्र १३ गतेबाट प्रदर्शनको मिती घोषणा गरिएको चलचित्र ‘नाईके’मा आर्यन ‘डनहरुको नाईके’को रुपमा देखिँदैछन, जसले समाजमा गलत काम गर्नेहरुलाई परास्त गर्ने काममा लाग्छ ।

चलचित्र ‘नाईके’ले शुक्रवार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै आर्यनले पहिलेदेखी नै आफुले खोजेको भुमिका यो चलचित्रमा पाएको भन्दै दर्शकको रोजाईमा पर्ने ‘गेटअप’मा आफु देखिन लागेको दावी गरे । ‘प्रेमकथाका चलचित्र मात्र हैन् आर्यन सिग्देल जुनसुकै भुमिकामा पनि ‘फिट’ छ भन्ने उदाहरण ‘नाईके’बाट प्रमाणित हुँदैछ’ आर्यनले भने ।

naike-press-meet

नेत्र गुरुङले निर्देशन गरेको ‘नाईके’ ब्ल्याक स्याडो प्रोडक्शन प्रालिको ब्यानरमा तयार भएको हो । यो चलचित्रमा आर्यनसँगै सुर्विना कार्की, रेम बिक, बोधराज रेग्मी, सारिका केसी, विकास बास्तोला, विजयराज सेन्चुरी लगायतका कलाकारको अभिनय रहेको छ ।

विष्णु हमाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा जगदीश खनाल, आनन्दशरण क्षेत्री, नारायण खनाल, संगीता पराजुली र रेशा गुरुङ कगायतको लगानी छ । चलचित्रलाई ‘अलनेपाल’ वितरणको जिम्मा पछिल्लो समयका व्यस्त वितरक गोपाल कायस्थले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu