सबैभन्दा बुद्दिजिवी प्राणीको परिचय दिने चलचित्र ‘मान्छे’ घोषणा



Manchhe-Press-meet

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सबैभन्दा बुद्दिजिवी प्राणी मानिने मान्छे के हो ? मान्छेलाई किन मान्छे भनिन्छ ? बिभिन्न नामले परिचय बताउने मानिसहरुको खास परिचय के त ? यस्ता प्रश्नहरुको उत्तर तपाईसँग छ ? छैन भने पनि अब नआत्तिनुस् यस्ता र यी सबै प्रकारका प्रश्नहरुको समाधान दिनेगरी चलचित्र निर्माण हुने भएको छ । शुक्रवार निर्माण घोषणा गरिएको नयाँ चलचित्र ‘मान्छे’ले माथी उल्लेखित सबै प्रश्नको जवाफ दिने निर्माण युनिटले दावी गरेको छ ।

बिभिन्न नया-नयाँ नाममा चलचित्रहरु निर्माण हुने क्रम चलिरहँदा मान्छेको खास परिचय उल्लेख गर्नै भन्दै निर्माण घोषणा गरिएको यो चलचित्रलाई अजय अधिकारी ‘सुशिल’ले निर्देशन गर्दैछन् । चलचित्रको पटकथा तथा संवाद, गीत-संगीत पनि निर्देशक ‘सुशिल’को नै हो ।

हरी हुमागाईंले खिच्ने यो चलचित्रमा प्रियंका कार्की, निर्देशक सुशिलसँगै, सुरविर पण्डित, किरण केसी, बसुन्धारा भूषाल, लक्ष्मी गिरी बाल कलाकार अमृत बस्ताकोटी लगायतका कलाकारहरु अभिनयमा रहने छन् ।

असार अन्तिमबाट छायाँकन सुरु गरिने भनिएको चलचित्र ‘मान्छे’का निर्देशक सुशिलले हालसम्म निर्माताको नाममा आफु नै रहेको भए पनि जो कोहीले पनि कथा हेरेर लगानी गर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu