‘बिर्खेलाई चिन्छस् ?’ | टिजर तथा शिर्ष गीत सार्वजनिक | भिडियो



subas-aayusha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एउटा साधारण मानिसको प्रतिनिधी पात्रको रुपमा अभिनय गरेका सुवास थापा आँफैले निर्माण गरेको चलचित्र ‘बिर्खेलाई चिन्छस् ?’ को टिजर तथा शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम आयोजना गरि सञ्चारकर्मी माझ प्रचार-प्रसारको पहिलो खुराकको पोको खोलिएको हो । साधारणताको मूल्यलाई चिनाईएको बताईएको यो चलचित्रलाई अराज केशवले निर्देशन गरेका छन् ।

सार्वजनिक टिजरमा सुवास थापालाई अगाडी सारिएको छ । नायिका आयुषा राई पनि भेटिन्छिन् । अन्य चरित्र अभिनेता-अभिनेत्रीहरु पनि देखाईएको छ । सुवासलाई बिर्खे बनाईएको छ। टिजरले कथा बिर्खे कै वरिपरि घुमेको प्रष्ट देखाउँछ ।

त्यस्तै, चलचित्रमा नभएको तर प्रचार-प्रसारको लागि बनाईएको शिर्ष गीत पनि सार्वजनिक भएको छ । यो गीतमा चलचित्रका प्रायः कलाकार देखिएका छन् । यो गीतमा बासुदेव मुनालका शब्द, मोहित मुनालको संगीत तथा प्राश्ना शाक्य र सन्तोष लामाको स्वर रहेको छ ।

चलचित्रमा सुवास थापा, आयुषा राई, बिनिता खड्का, सुरेश उप्रेती लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘बिर्खेलाई चिन्छस् ?’ भाद्र २० मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu