पल-पल भेट्नुपर्ने रिश्ताको प्रेम कोसँग ?



rista-ravi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भदौ १३ मा रिलिज हुने नेपाली चलचित्र यो कथा हो तिम्रो मेरोको नयाँ गीत सार्वजनिक भएको छ । राजेश पायल राई र प्रविशा अधिकारीको स्वर रहेको ‘पल पल’ बोलको उक्त गीतमा नायक रवि कार्की र नायिका रिश्ता बस्नेतको अभिनय रहेको छ । गीतमा रवि र रिश्ताले प्रेम दर्शाएका छन् ।

प्रेम कहानीलाई मुख्य विषय बनाएर तयार चलचित्रलाई ओम प्रतिकले निर्देशन गरेका छन् । सुमन सिंह, रुपा राणा, रिश्ता बस्नेत र रवि कार्कीको मुक्य अभीनय रहेको यो चलचित्रले युवापुस्तामा हुने माया-प्रेमको बिभिन्न क्षणहरुलाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको बताईन्छ ।

‘द फ्रेम क्रियशन प्रा.ली.’ को व्यानरमा तयार यो चलचित्रका निर्माता रमेश प्रजापती हुन भने कार्यकारी निर्मातामा राम बुढाथोकी रहेका छन् । विकास चौधरिको संगीत रहेको चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गरेका छन् । द्वन्द्व रोशन श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu