हेलिकोप्टर चार्टर गरेर केश काट्नेको बिहेमा राजेश हमाल



rajesh-hamal-heli

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक राजेश हमाल हेलिकोप्टर चार्टर गरेर आफ्नो हेयर ड्रेसरको बिहेमा सरिक भएका छन् । सर्लाही निवासी सुरेन्द्र ठाकुरको बिहेमा पुगेका हमालको साथमा केहि सञ्चारकर्मी समेत थिए । ठाकुरले सात बर्ष यता हमालको हेयर ड्रेसरको रुपमा काम गर्दै आएका छन् ।

हमाल आफ्ना सहयोगी दीपेन्द्र महतो, सञ्चारकर्मी सुवास ढकाल, विदूर खतिवडा, प्रदिप निरौला लगाएतको साथमा शुक्रवार बिहान ११ बजे सर्लाही पुगि साँझ ४ बजे काठमाण्डौ फर्किएका थिए । हमाल हेलिकोप्टरमा नै जन्ती गएका थिए । हमाल उक्त गाउँमा पुग्दा खुशियाली छाएको थियो ।

खराब मौसमका वावजुद पनि आफ्नो बिहेमा राजेश हमाल पुगेकोमा सुरेन्द्र ठाकुरले खूशी व्यक्त गरेका छन् । हेलिकोप्टर चार्टरको सहित बिहेमा पुगेर फर्किँदासम्म करिव १५ लाख खर्च भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu