‘आभाष’ छायांकन सकियो



nisha-aavas

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘एडिटर टर्न्स डाइेरेक्टर’ सुरेन्द्र पौडेलको निर्देशनमा बन्दै गरेको नेपाली चलचित्र ‘आभाष’को छायांकन सकिएको छ । ३९ दिन लगाएर छायांकन गरिएको यो चलचित्रलाई क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सले निर्माण गरिरहेको छ । आभाषको आईतबार राती छायांकन सम्पन्न भएको हो ।

काठमाडौं, पोखरा, जिरी लगायतका स्थानमा छायांकन गरिएको यो चलचित्रमा सुरेन्द्र पौडेल, पवन श्रेष्ठ, गोविन्द शाही र दिपक शाहीको संयुक्त लगानी रहेको छ ।

aavas

निशा अधिकारी, प्रकृति श्रेष्ठ, सुनिल रावल, संयम पुरी, सलोन बस्नेत, आष्मा डिसी लगायतको अभिनय रहेको यो चलचित्रमा निर्माता तथा नायक गोविन्द शाहीले अतिथी कलाकारका रुपमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu