‘राई इज किङ्’ले क्यानडा हल्लाए



Rajesh-Payal-Rai-Canada

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
राई इज किङ् उर्फ राजेश पायलले आफ्नो सांगीतिक भ्रमणको क्रममा यतिबेला क्यानडामा छन् । अल्बर्टा, क्यानाडा को प्रान्त कैलगरीमा राईले आइतबार धमाका प्रस्तुती दिएका छन् । उक्त कार्यक्रममा उनले नयाँ-पुराना गरि आफ्ना २५ गीत गाएका थिए ।

Rajesh-Payal-Rai-Canada1

ध्रुव राईको संयोजकत्वमा सुशिला केयर सेन्टरको सहयोगार्थ भएको उक्त कार्यक्रम कैलगरीमा भएको अहिलेसम्मकै सफल नेपाली कार्यक्रम भएको आयोजकले बताएको छ । कार्यक्रममा राईले दर्शन नमस्ते २, दर्शन नमस्ते, सागर सरी, दिक्तेल, शिरै फुल शिरबन्दी, धरान धनकुटा, नौ जाले मायालु, सँग-सँगै बाच्न पाउँ, नाई नभन्नु ल, माथी-माथी लगाएतका गीत गाएका थिए ।

Rajesh-Payal-Rai-Canada2

राई आज अमेरिकाको वासिङ्गटन डिसीमा हुने कार्यक्रमको लागि उडेका छन् । उनि एक महिना पश्चात नेपाल आउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu