नेपाली चलचित्रका दुई जोडीको आजै बिहे



2-couple

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
राजेश हमाल, आर्यन सिग्देल, मिथिला शर्मा, ऋचा सिंह ठकुरीले २०७१ लाई आफ्नो बैवाहिक बर्ष बनाईसकेका छन् । अब पालो अन्य दुई जोडीको । श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का त्यसैगरी अनुप बराल र दिया मास्केको बिहे आज हुँदैछ ।

kohinoor-shree-&-sweta

एक महिनाअघि बिहे घोषणा गरेका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको बिहे गौशालाको होटल इन्द्रेणीमा भईरहेको छ । पाँच बर्ष लामो प्रेमसम्बन्ध पछि यो जोडी बिवाह बन्धनमा बाँधिन लागेको हो ।

anup-diya

त्यस्तै, निर्देशक तथा कलाकार अनुप बराल र नायिका दिया मास्केको बिहे बसुन्धराको ओएसिस क्याफेमा भइरहेको छ । छ बर्ष लामो प्रेम सम्बन्ध बिवाहमा परिणत भएको हो ।

दुवै जोडीलाई ठूलोपर्दा डटकमको तर्फबाट हार्दिक बधाई तथा बैवाहिक जीवनको शूभ-कामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu