यसरी भयो श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको बिहे | फोटो फिचर



shree-sweta-marrige

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गौशालाको एक होटलमा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले लगनगाँठो कसेका छन् । पाँच बर्ष लामो प्रेमसम्बन्ध घरसल्लाह अनुसार सोमवार (असार २३) बिवाहमा परिणत भएको हो । पाँच बर्ष अघि श्रीको चलचित्र ‘कहाँ भेटिएला’मा अभिनय गरेकी स्वेता र श्रीको मन त्यहि बेला देखी नै मिलेको थियो ।

shree-sweta-marrige1

स्वेता स्टारर सोहि एक चलचित्र मात्र रिलिज भएको छ । दोश्रो चलचित्रको श्रीकृष्णको होम प्रोडक्शनमा ‘कोहिनुर’ रिलिजको क्रममा छ । जसमा श्री-स्वेताको नै जोडी छ । स्वेतासँग लामो समयदेखी काम गरेको र व्यापार पनि साथै गरेकोले सबै कुरा मिल्न आएपछि बिवाहको निर्नयमा पुगेको श्रीकृष्णले बताएका थिए ।

shree-sweta-marrige2

गौशालास्थित ईन्द्रणी होटलमा बिवाहको कार्यक्रम राखिएको थियो । दिउसोको बिवाहमा अत्यन्तै नजिकका व्यक्तिहरुको मात्र उपस्थिती थियो भने साँझको पार्टीमा श्री-स्वेताका आफन्त, चलचित्रकर्मी, सञ्चारकर्मी लगाएतको बाक्लो उपस्थिती रहेको थियो ।

shree-sweta-marrige3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu