‘टाईगर द रियल हिरो’ | प्रोमो सार्वजनिक



tiger1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एक्सन प्रधान भनिएको नेपाली चलचित्र ‘टाईगर द रियल हिरो’को प्रोमो सार्वजनिक भएको छ । राजु गिरी निर्देशित यो चलचित्र दशैँको समयमा रिलिज गरिने बताईएको छ ।

शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा नायिका शुभेच्छा थापा सहित सुरज रानाभाट, दिपक कंडेल, अशोक फुयाल, समिक्षा अर्याल, उत्तम केसी लगायतका कलाकारहरुको अभिनय गरेका छन् ।

चलचित्र ‘टाइगर द रियल हिरो’को कथा निर्देशक गिरीको नै हो । चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ भने रोशन श्रेष्ठको द्धन्द र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । चलचित्रलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu