मिलन अमात्य भन्छिन्, ‘चाहे मार या बचाउ’ | भिडियो



milan-amatya

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
निर्देशक बसन्त निरौला केहि समय म्यूजिक भिडियो निर्देशन गरेपछि पुनः चलचित्रमा फर्केका छन् । ‘विजयपथ’ र ‘राजनीति’ सिनेमा निर्देशन गरेका निरौलाले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘आबेग’ राखिएको छ । चलचित्रको गीत रेकडिङसँगै काम सुरु गरिएको छ ।

आबेगको एक गीतमा गायिका मिलन अमात्यले स्वर दिएकी छिन् । ‘चाहे मार या बचाउ’ बोलको यो गीतमा धिरज श्रेष्ठले संगीत भरेका छन् भने चलचित्रका प्रस्तुतकर्ता समेत रहेका सूर्य कार्कीका शब्द रहेका छन् ।

यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्न लागेको चलचित्रका सबै कलाकार छनौट भइसकेका छैनन् । चलचित्रको छायांकन साउन १५ गतेबाट सुरु हुनेछ । चलचित्रको छायांकन काठमाण्डौसँगै मुस्ताङ र सिक्किममा गर्ने निर्देशक निरौलाले बताए ।

चलचित्रलाई प्रेम र एक्सनको मिश्रण भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu