‘ठूली’ अष्ट्रेलियामा र नेपालमा एकैसाथ लाग्ने



thooli

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भदौ ६ मा अल नेपाल रिलिज हुने नेपाली चलचित्र ‘ठूली’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अगष्ट २४ मा सिड्नीमा प्रदर्शनको पक्का भएको निर्देशक एभरेष्ट सुर्य बोहराले बताए । नेपालमा २२ अगष्टमा नै रिलिज हुने यो चलचित्र अष्ट्रेलियामा भने २ दिन ढिला रिलिज गरिनेछ ।

सिड्नीमा रहेको डायनमिक्स डिष्ट्रिब्यूषन एण्ड मिडिया सर्भिसजले अष्ट्रेलिया रिलिजको लागि अधिकार लिएको हो । उक्त कम्पनी राम रुवालीले सञ्चालन गर्दै आएका छन् । १४ बर्षयता अष्ट्रेलिया रहँदै आएका रुवाली पुराना रंगकर्मी तथा समाजसेवी हुन् ।

नेपाली समाजमा विद्यमान महिलामाथीको दमन र अत्याचारको बिषयमा बनेको ‘ठूली’ यथार्थ घटनामा आधारित रहेको बताईएको छ । यो चलचित्रले महिलामाथीका दमन र आत्याचारको विरुद्ध नारी आवाज सशक्त बनाउन मद्दत गर्ने बताईएको छ ।

यो चलचित्रमा लगानी अमेरिकामा बस्दै आएका पुष्कर पन्तको छ । चलचित्रका कार्यकारी निर्माता सुनिल बस्नेत हुन् । ‘ठूली’मा जिवन लुईँटेल, गरिमा पन्त, विशाल पहाडी, निला बस्नेतको साथमा बाल कलाकार कञ्चन ठकुरीको अभिनय रहेको छ ।

यो चलचित्रलाई शेर बहादुर लामाले खिचेका छन् भने संगीत बसन्त सापकोटाको रहेको छ । द्वन्द्व निर्देशन सुरेन्द्र शाहले गरेको यो चलचित्रमा नृत्य बसन्त श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu