शुक्रवार रिलिज हुने ‘नागबेली’ प्रिमियर



Surabi-harshika

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
शुक्रवार (असार २७) बाट अल नेपाल प्रदर्शनमा आउने नेपाली चलचित्र ‘नागबेली’ बिहिवार प्रिमियर गरिएको छ । राजधानीको कुमारी सिनेमा हलमा चलचित्र यूनिट, सञ्चारकर्मी तथा अन्य अतिथीको साथमा प्रिमियर गरिएको हो ।

सञ्चारकर्मी दीपेन्द्र लामाको लेखन रहेको यो चलचित्रको प्रस्तुतीलाई रुचाईएको छ । यो चलचित्रलाई नृत्य निर्देशक गोविन्द राईले निर्देशन गरेका हुन् । यो उनको पहिलो चलचित्र हो । बेलायत बस्दै आएकी रोमियन लिम्बु चलचित्रकी निर्माता हुन् । उनि निर्देशक राईकी धर्म बहिनी हुन् ।

‘नागबेली’मा दयाहाङ राई, यशराज गराच, विक्की मल्ल, हर्षिका श्रेष्ठ, सुरवी जैन बिष्ट लगाएतका कालाकरहरुको मूख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu