‘नाई नभन्नु ल २’को सक्सेस कार्यक्रममा युनिटलाई सम्मान



Nai-navannu-success

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पछिल्लो समयमा सर्वाधिक रुचाईएको चलचित्र ‘नाई नभन्नु ल २’ले सक्केस कार्यक्रमको आयोजना गरेको छ । ५१ दिन पुरा गरेको खूशीयालीमा बिहिवार राजधानीमा आयोजित कार्यक्रममा चलचित्र यूनिट र सञ्चारकर्मीको बाक्लो उपस्थिती रह्यो ।

उक्त कार्यक्रममा चलचित्रका सदस्यहरुलाई सम्मान स्वरुप बुद्दको प्रतिमा सहितको मायाको चिनो प्रदान गरियो । राजधानीका केहि हलमा ५१ दिन प्रदर्शन भएको यो चलचित्रलाई ‍विकास आचार्यले निर्देशन गरेका हुन् । निर्माता दिनेश पोखरेल हुन् ।

Nai-navannu-success1

कार्यक्रममा बाल कलाकारमा अनुभव रेग्मी मात्र उपस्थित थिए । अर्की मुख्य कलाकार सुज्ञानी भट्टराईको परिक्षाको कारण उपस्थित भईनन् । बाल गायक प्रेम परियार पनि सो कार्यक्रममा आएका थिए । यो चलचित्रमा अनुभव-सुज्ञानीको अभिनय र प्रेमको गायनलाई मन पराईएको थियो ।

Nai-navannu-success3

यसै कार्यक्रम मार्फत आगामी चलचित्र ‘नाई नभन्नु ल ३’को बारेमा पनि जानकारी गराईयो । यो चलचित्रलाई भने यसअघि मूख्य सहायक निर्देशन गरेका मुस्कान ढकालले निर्देशन गर्दैछन् । आगामी चलचित्रको संगीतबारे पनि चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu