बेल्जियममा पहिलो IAF Awards हुँदै



IAF

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘अन्तर्राष्ट्रिय कलाकार मञ्च’ युरोपको आयोजनामा २०१५ सेप्टेम्वर २६ तारिखमा बेल्जियममा ‘अन्तर्राष्ट्रिय कलाकार मञ्च अवार्ड २०१५’ (IAF Awards 2015) हुने भएको छ । नेपाली चलचित्र तथा गीतसंगीतमा लागिरहेका चलचित्रकर्मी तथा स्रष्टाहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्डको आयोजना गर्न लागिएको बताईएको छ ।

गीत-संगीत तथा चलचित्रका गरी विभिन्न १५ विधामा अवार्ड वितरण गरिनेछ, भने १५ विधा भित्रै लामो समयदेखी नेपाली चलचित्र क्षेत्रमा संघर्षरत तथा योगदान पुर्याउँदै आएका एक जना चलचित्रकर्मीलाई ‘लाईफ टाईम एचिभ्मेन्ट अवार्ड’बाट सम्मान गरिने छ । ‘IAF Awards 2015’ को नेपालको व्यवस्थापन राजु अधिकारीले गर्दैछन् ।

अवार्ड वितरण समारोह बेल्जियमको ‘Casino Chaudfontatione’ मा हुनेछ । अवार्डलाई निष्पक्ष तथा विवादमुक्त बनाउनको लागी चलचित्र तथा गीत-संगीत क्षेत्रका विशिष्ट व्याक्तित्वहरुलाई जुरी सदस्य चयन गरिएको छ । कलाकारिता तथा संचार क्षेत्रमा क्रियाशिल व्यक्ति उज्ज्वल केसीको अध्यक्षतामा रहेको यो संस्थाले युरोपमा रहेर नेपाली गीत-संगीत र चलचित्र क्षेत्रलाई प्रवर्द्दन गर्नको लागी समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।

IAF-2

कार्यक्रममा बोल्दै आयोजक संस्थाका सचिव बेनी ढुङ्गानाले उक्त अवार्ड समारोहले नेपाली गीत-संगीत तथा चलचित्रलाई अन्ततर्राष्ट्रिय वजार विस्तारमा सघाउ पुर्याउने बताए । उनले कलाकार र कलाकर्मीको हीतको लागी १ करोड बराबरको अक्षय कोष पनि स्थापनि गरिने घोषणा गरे ।

नेपाली चलचित्रको अन्तराष्ट्रिय भूमीमा भएका अवार्डमा यसअघि यूरोपमा अन्तराष्ट्रिय नेपाली कलाकार समाजले INAS AWARDS र चलचित्र प्राविधिक संघले मलेशियामा NEFTA AWARDS को आयोजना गरेका थिए ।

अवार्ड वितरण गरिने विधाहरु निम्न छन् -:
1: Best folk song singer (male)
2: Best folk song singer (female)
3: Best modern Song (male)
4: Best modern Song (female)
5: Best Comedian
6: Best Villain
7: Lifetime Achivement Award
8: Special Contribution for Nepali Award
9: Social Contribution Award
10: Best Lyricist Award
11: Best Musician Award
12: Best Movie Award
13: Best Director Award
14: Best Actress
15: Best Actor

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu