स्टुपिड मन शीर्ष गीत रिलिज |भिडियो



stupid mann
आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको लचचित्र ‘स्टुपिड मन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आईतवार सार्वजनिक ‘एउटा सानो घर बसाउँ भन्छ’ बोलको शिर्ष गीतमा नायक जीवन लुईंटल र नायिक चाँदनी शर्माले थाईल्याण्डका विभिन्न रमणिय ठाउँहरुमा गरेको रोमान्सलाई प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतमा अञ्जु पन्त र सनुप पौडेलले स्वर दिएका छन् भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । सम्पुर्ण दृश्य थाईल्याण्डमा नै छायांकन गरिएको चलचित्र स्टुपिड मन’ का यसअघी सार्वजनिक गीतहरुले पनि दर्शक तथा श्रोताबाट राम्रो साथ पाईरहँदा अर्जुन पोखरेलले संगीतबद्ध गरेको यो गीत पनि हिट हुने आशा निर्माण युनिटको छ ।

दिवाकर भट्टराई निर्देशित यो चलचित्रमा जीवन र चाँदनीसँगै निरज बराल, रिजु श्रेष्ठ र मार्टिन खान लिड रोलमा छन् । संजय लामाको छायांकन रहेको यो चलचित्रमा संगीत अर्जुन पोख्रेल र करण राज कार्कीको रहेको छ भणे द्वन्द्व अष्ट महर्जनको रहेको छ । यो चलचित्रको पटकथा सामिप्य तिमिल्सिनाले लेखेका हुन् ।

भिडियो हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu