दुई घण्टा फेवातालको छालले लछारेपछी यस्ता देखिए अनु र गजित



anu-and-gajit

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक गजित बिष्ट र नायिका अनु शाहको लागि शनीवारको साँझ अविष्मरणिय बन्यो । बाल-बाल बाँचेका उनिहरुलाई फेवातालको छालले करिव दुई घण्टासम्म लछार्‍यो । साँझ साढे पाँच बजेबाट आएको डरलाग्दो छालबाट साढे सात बजेतिर मात्र उन्मुक्ति मिलेर किनारमा आईपुगे ।

पोखरामा छायांकनमा रहेको चलचित्र ‘धौली’को छायांकनका लागि उनिहरु फेवातालमा डुंगा सयरमा थिए । अनु र गजितसँगै निर्देशक घनश्याम लामिछाने पनि थिए भने अर्को डुंगामा क्यामेराम्यान दिव्य सुवेदी लगाएतका अन्य सदस्यहरु थिए । उक्त समयमा चलचित्र भित्रको रोमाण्टिक दृश्य छायांकन हुँदै थियो । ठट्टा गर्दै गजितले भने, ‘तालबीचमा रोमाण्टिक हुन लाग्दा पानीलाई डाहा भएछ क्यारे, उर्लिएर लेखेट्यो’ ।

छालमा परेपछि नायिका अनु शाह चिच्याउँदै रोएकी थिइन् । गजित र निर्देशक लामिछानेले आफुलाई भन्दा बढि अनुलाई सम्हाल्नु परेको थियो । प्रेमकथाको यो चलचित्र पोखरा आसपासमा नै छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu