आर्यन फेरी एक्शनमा, हट अर्चनासँग रोमाञ्स गर्ने



arayn-archana

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक आर्यन सिग्देल र आइटम गर्ल अर्चना देलाला सँगै देखिने भएका छन् । बसन्त निरौलाले निर्देशन गर्न लागेको चलचित्र ‘आवेग’मा आर्यन एक्शन हिरोको रुपमा आउने भएका छन् । आर्यनसँगै अर्चानाको मूख्य भूमिका रहनेछ ।

साउन १५ गतेबाट फ्लोरमा जाने ‘आवेग’को मंगलबार काठमाण्डौको भैसेपाटीमा रहेको कार्यविनायक मन्दिरमा मुहर्त गरिएको छ । यो चलचित्रलाई यमन म्यूजिक र वी.एन फिल्मस्ले संयुक्त रुपमा निर्माण गर्दैछन् ।

यो चलचित्रमा पवित्रा आचार्य, धु्रव दत्त, रमेश वुढाथोकीको पनि मुख्य भूमिका रहने बताईएको छ । चलचित्रका प्रस्तुतकर्ता सूर्य कार्की हुन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu