जिवनको यादले गरिमाको मुटु पोल्यो !



Thooli

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नारी प्रधान चलचित्र ‘ठूली’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो यादले पोल्छ मुटु …’  बोलको उक्त गीतमा गरिमा पन्तलाई दुखि मन लिएर बसा यात्रा गर्दै गरेको देख्न सकिन्छ । गरिमाले यात्राभर आफ्ना विगतलाई सम्झिएकी छिन् । चलचित्रभित्रको प्रेमकथा यो गीतले झल्काएको छ ।

यो गीतमा रजिना रिमालको स्वर रहेको छ । कुमार बिवाहितका शब्दमा बसन्त सापकोटाले संगीत भरेका छन् । भाद्र ६ गते रिलिज हुने यो चलचित्रलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गरेका छन् । नेपाली समाजमा विद्यमान महिलामाथीको दमन र अत्याचारको बिषयमा बनेको यो चलचित्र नारी आवाज सशक्त बनाउन मद्दत गर्ने बताईएको छ ।

timro

‘ठूली’मा अमेरिकामा बस्दै आएका पुष्कर पन्त निर्माता हुन् । चलचित्रका कार्यकारी निर्माता सुनिल बस्नेत हुन् । ‘यो चलचित्रमा जिवन लुईँटेल, गरिमा पन्त, विशाल पहाडी, निला बस्नेतको साथमा बाल कलाकार कञ्चन ठकुरीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu