‘हवल्दार सुन्तली’ प्याकअप । हट शिल्पाको तारिफ



Shilpa-pokherl-suntali

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
हेटौडा सहित काठमाण्डूका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्र ‘हवल्दार सुन्तली’ प्याकअप भएको छ । यो चलचित्रको ४१ दिनमा छायांकन सकिएको हो ।

यो चलचित्रलाई छवि ओझाले बनाएका हुन् । चलचित्रमा शिल्पा पोखरेल, किशोर खतिवडा र सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । छविले बनाएको ‘लज्जा’ रिलिज नहुँदै नायिका शिल्पा पोखरेललाई हवल्दार सुन्तलीमा दोहोर्‍याएका हुन् । ‘लज्जा’बाट नै शिल्पाले चलचित्रमा डेब्यू गरेकी थिइन् ।

suntali

शिल्पालाई ‘हवल्दार सुन्तली’मा खेलाउन त्यति चासो नदेखाएका निर्देशक ऋषि लामिछाने पनि शिल्पाको प्रशंशा गरेका छन् । ‘शिल्पाले यस्तो राम्रो अभिनय गर्दि रहिछन्, हामी सवै खुशी छौँ’ प्याकअपपछि लामिछानेले बताए ।

सत्य घटना सुन्तली धामी माथि घटेको केही अंशलाई यो फिल्मको मुल कथा बनाईएको छ । चैत २७ गते ‘हवल्दार सुन्तली’ रिलिज मिति तोकिसकिएको छ । यो चलचित्रका छाँयाकार मदन काश्यप घिमिरे हुन भने नृत्य निर्देशक कविराज गहतराज, संगीतकार दीपक शर्मा र द्वन्द्व निर्देशक चन्द्र पन्त हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu