नायक मुकेश र निर्माता शाह दुर्घटनामा



susil-mukesh

काठमाडौं । निर्माता सुशिल शाह र नायक मुकेश ढकाल सवार गाडी विहिवार दुर्घटनामा परेको छ । चलचित्रको सुटिङको लागी लोकेशन हेर्न रोल्पा पुगेर काठमाण्डौ फर्कदै गर्दा साँझ करिब ५ बजेतिर नवलपरासीको दाउन्नेमा शाह र ढकाल सवार कार दुर्घटना भएको थियो । दुर्घटनामा मुकेशको टाउकोमा चोट लागेको छ । भने निर्माता शाह सामान्य घाईते भएका छन् ।

निर्माता शाहले टेलिफोन मार्फत दिएको जानकारी अनुसार विपरित दिशाबाट आईरहेको ट्रकले कारलाई ठक्कर दिएको थियो । त्यसपश्चात स्थानियबासी र प्रहरीको सहयोगमा मुकेशलाई स्थानिय क्लिनिकमा सामान्य उपचार गरीएको थियो ।

accident-gadi

आजका दिनसम्म नभएको अप्रत्याशित घटनामा परियो निर्माता शाहलेले भने ‘भाग्य र भगवानको कृपाले बाँच्न सफल भईयो।’ विहिवार राती नै काठमाडौं आईसकेका मुकेशको शुक्रवार थप स्वास्थ्य चेकजाँच गरिने भएको छ ।

पोष्ट प्रोडक्शनमा रहेको शाहको लगानी रहेको चलचित्र ‘धुन’मा सँगै काम गरेका ढकाललाई शाहले अर्को प्रोजेक्टमा पनि लिने तयारी स्वरुप यी दुई जना लोकेशन हेर्न पुगेका थिए । चलचित्र ‘लंका’ र ‘झोला’मा लगानी गरेका शाहको ‘धुन’ तेस्रो चलचित्र हो ।

निर्माता शाह र नायक ढकाल दुवैलाई ठुलोपर्दा डटकमको तर्फबाट शिघ्र स्वास्थ्य लाभको कामना !!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu