डेढ करोडमा हङकङमा हुँदैछ नेफ्टा अवार्ड



‍हङ्कङ‍्मा हुने 'नेफ्टा अवार्ड'का नेपाल संयोजक सुनिल कुमार थापा ।
‍हङ्कङ‍्मा हुने ‘नेफ्टा अवार्ड’का नेपाल संयोजक सुनिल कुमार थापा ।

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेफ्टा अवार्डको छैठौँ सँस्करण मलेशियामा गरेको ‘नेपाल चलचित्र प्राविधिक संघ’ले सातौ अवार्ड हङकङमा गर्दैछ । अवार्ड तयारीका लागि शुक्रवार दिउँसो १ बजे ३ जनाको टोली हङकङ जाँदैछ । टोलीमा चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, कार्यक्रम संयोजक बाबुराम दाहाल र अवार्डको नेपाल व्यवस्थापनको सम्पूर्ण जिम्मा सम्हालेका निर्माता सुनिलकुमार थापा रहेका छन् ।

नेपालबाट लाग्ने सम्पूर्ण खर्च निर्माता सुनिल कुमार थापाले व्यहोर्दैछन् भने हङकङको जिम्मा विनय शाह र उनको टिमले लिएको छ । मलेसियामा अवार्ड भएको देखेपछि आफू उत्साहित भएको जनाउँदै सुनिल कुमार थापाले आफ्नो करिब ७५ लाख लगानी हुने बताएका छन् । यस्तै हङकङमा रहेका विनय शाह र उनका साथीहरुले ८५ लाखको लगानी गर्ने बताईएको छ । नेपालको जिम्मालिएका थापाले शुक्रवार बताए, ‘यदि २५-३० लाख घाटै भएको खण्डमा पनि म ठान्नेछु, मैले एउटा कदम चाले, जसले सिनेमा नगरीलाई विस्तार गर्न ठूलो सहयोग गर्‍यो’ ।

नेपालबाट करिब १ सय कलाकार, चलचित्रकर्मी तथा पत्रकारको टोली हङ्कङ्ग जानेछ । यसपटकको अवार्डलाई विश्व स्तरको बनाउने तयारी आयोजकले गरेको छ । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले नेपाली सिनेमालाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन आफू र आफ्नो संस्था सधै नै लागि परिरहेको र पर्ने बताए ।

यो अवार्डको उद्घाटन सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको हातबाट गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu