सिड्नीमा ‘सेफ ल्याण्डिङ’



safe-landing-sydney

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अष्ट्रेलियाको सिड्नीमा नेपाली चलचित्र ‘सेफ ल्याण्डिङ’ प्रिमियर हुने भएको छ । अगस्ट ९ मा प्रिमियर हुनेछ भने १० तारिखका दिन पनि चलचित्र प्रदर्शन हुनेछ । हर्सभिल सिभिक थिएटरमा हुने प्रिमियर कार्यक्रममा मुख्य दुई पात्र झरना बज्राचार्य र निरज बरालसहित सञ्चारकर्मी सुमन गैरे सहभागि हुने बताईएको छ ।

‘सेफ ल्याण्डिङ’का निर्माता बसन्त भण्डारी अष्ट्रेलियामा नै बस्छन् । निर्देशक सन्दीप जोसेफ र अर्का निर्माता राहुल अग्रवालको पनि प्रिमियरमा उपस्थिती रहने छ । यी दुबै मलेसियन नागरिक हुन् ।

अष्ट्रेलिया प्रदर्शनको एक सातापछि १७ तारिखमा न्यूजिल्याण्डमा पनि ‘सेफ ल्याण्डिङ’ प्रदर्शन हुने बताईएको छ । न्यूजिल्याण्डको अकल्याण्डस्थित क्यापिटल सिनेमा हलमा प्रदर्शन हुनेछ । यसअघि न्यूजिल्याण्डमा ‘लुट’ र ‘कथा’ चलेका थिए । तेश्रो चलचित्र स्वरुप ‘सेफ ल्याण्डिङ’ प्रदर्शन गरिने छ ।

निरज र झरनाको साथमा सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको ग्याङस्टार चलचित्र ‘सेफ ल्याण्डिङ’लाई बलिउड चलचित्रकी सम्पादक मेघना अश्चितले सम्पादन गरेकी हुन् भने छायाँकन जोन ज्याकोब र पुरूषोत्तम प्रधानको रहेको छ । यो चलचित्र नेपालमा मंसिर १९ गते रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu