‘नोभेम्बर रेन’की डल्लीसँग योगेन्द्रको प्रेम



yogendra-chhulthim

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘नोभेम्बर रेन’लाई आफ्नो पहिलो र अन्तिम चलचित्र बताए पनि छुल्ठिम गुरुङ्ले पहिलो चलचित्र बाट नै राम्रो चर्चा कमाउन सफल भएकी थिइन् । उनले निभाएको पात्र ‘डल्ली’ले सबैको मनमा बास बसेको थियो । कुनै कारण नदेखाए पनि चलचित्र नखेल्ने बताएकी छुल्ठिम म्युजिक भिडियोमा भने अक्कल झुक्कल देखिएकै छिन् ।

मोडलिङ्मा केहि बसन्त पार गरिसकेकी यिनै डल्लीले अभिनय गरेको भोजपुरे गायक योगेन्द्र राईको भिडियो पनि अहिले संगीत नगरीमा चर्चामा छ । आफ्नै घर परिवेशलाई जोडेर ‘दिङ्ला बजार’मा गीतको भिडियो ल्याएका योगेन्द्र आफैले भिडियोमा डल्ली संग एकै नजरमा माया बसेको कुरा गरेका छन् ।

प्रेम कथाको यो गीतको रचनाकार अनि र संगीतकार पनि गायक राइ नै हुन् । भिडियोको निर्देशन भने विज्ञान राइले गरेका छन् । गीतको बोल अनुसार भिडियोको छायांकन धार्मिक, सांकृतिक र पर्यटकिय नगरी दिङ्ला बजारमा नै गरिएको छ । अविश बज्राचार्यले खिचेको यो भिडियो गायक राईको ‘उत्साह’ एल्वममा संग्रहित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu