‘श्री ५ अम्बरे’को बोल्ने काम सकियो



keki

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपालमा राजा हटेको लामो समय बितिसक्दा पनि व्यक्ति र समाजमा राजा बन्ने प्रवृति कायमै रहेको प्रकारको कथामा बनेको नेपाली चलचित्र ‘श्री ५ अम्बरे’को डबिङ् सकिएको छ । ‘अन्तराल’ निर्देशक दिपा बस्नेतले निर्देशन गरेको यो चलचित्रको डबिङ् आइतवार सकिएको हो ।

यो चलचित्रले राजतन्त्रसँग कुनै पनि साईनो नजोड्ने निर्देशक दिपाले बताईन् । ‘श्री ५ अम्बरे’मा सौगात मल्ल, केकी अधिकारी, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Saugat
‘हाम्रो समाजमा हरेक ठाउँ, हरेक गल्लीमा कतै न कतै कोही न कोहीमा ति ठाउँको आफु राजा हुँ भन्ने आभास हुन्छ, यस्तै एउटा कुनै वर्ग भित्र राजा बन्ने सपना बोकेकोे एउटा पात्रको कथा हो “श्री ५ अम्बरे”’ निर्देशक दिपा भन्छिन्, ‘हामी यस चलचित्र मार्फत मनोरञ्जन दिलाउने क्रममा हाम्रो समाज भित्रको एउटा समस्यालाई उजागर समेत गर्नेछौं र साथ साथै उक्त समस्या माथी समाज तथा राज्यको आँखा खोल्ने प्रयास गर्ने छौंँ ।

जीवनसाथी फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको यो चलचित्रमा दिपक आचार्य र टि.एन. आचार्य निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अभिमन्यू निरवीको लेखन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu