सुरुमै प्रशंसा | ‘उत्सव’को अफिसियल ट्रेलर सार्वजनिक



utsav

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कुमार भट्टराई निर्दशित चलचित्र ‘उत्सव’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी भदौ १३ मा प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्र भित्रका केहि रोमाञ्चक पक्षहरुलाई समेट्ने प्रयास गरिएको छ । ट्रेलरले सुरुवातीमा नै प्रशंसा बटुलेको छ ।

शेखर कोईरालाको आठ वर्षपछीको कमब्याकमा बनेको यो चलचित्रमा उनमा छोरा सञ्जोग कोईराला, सौगात मल्ल, गौरव पहाडी, प्रकृति श्रेष्ठ, मेनका प्रधान लिड रोलमा छन् । चलचित्रमा गम्भिर बिष्टको नृत्य रहेको छ ।

Utsav-1

कार्यक्रममा निर्माता कोईरालाले आफ्नो छोरा नै समेटिएको यो चलचित्रलाई पुस्ता हस्तान्तरणको रुपमा लिएको भन्दै चलचित्र दर्शकको नजरमा बस्ने आशा व्यक्त गरे भने निर्देशक भट्टराईले चलचित्र हेरेर मज्जाले गाली गर्न पाउने भन्दै ‘उत्सव’लाई पनि एक पटक हलमा गएर हेरेर कमेन्ट गर्न आग्रह गरे ।

यसैबीच कार्यक्रममा निर्माता कोईरालाले नयाँ चलचित्रको निर्माण छिट्टै नै गर्ने घोषणा समेत गरे । तर चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu