हङ्कङ्मा देखिएको आयुषाको जवानी | फोटो फिचर



aayusa1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पछिल्लो समय आशा गरिएका मध्येको एक चलचित्र ‘बिर्खेलाई चिन्छस्’ यतीबेला चर्चा बटुल्दै तथा प्रचार प्रसारको लागी जुट्दै छ । भदौ २० बाट दर्शकमाझ आउन लागेको यो चलचित्र मार्फत अभिनेताबाट निर्माता बनेका सुवास थापाले चलचित्रको फरक पव्लिसिटी मार्फत आउने योजना बनाईरहँदा यो चलचित्रकी अभिनेत्री आयुषा राई भने भर्खरै हङकङ पुगेर फर्केकी छिन् ।

एक ‘फेशन सो’मा सहभागी हुनको लागी हङकङ पुगेकी आयुषाले आफ्नो फेसवुक एकाउण्ट मार्फत ‘फेशन सो’मा सहभागी हुँदाको सहित समुन्द्री किनारामा मस्ती गरेका सहित शहर घुमघामका केहि तश्विरहरु सार्वजनिक गरेकी छिन् ।

‘बिर्खेलाई चिन्छस्’ लेख्दै गुडियासँग ‘बेड’मा रमाएको फोटोदेखी साथीहरुसँग रमाउँदै गरेको तश्विरहरुले समेत उनका साथी तथा फ्यानहरुबाट ‘लाईक’ र ‘कमेन्ट’को साथ राम्रै पाएकी छिन् । अराज केशव निर्देशित चलचित्र ‘बिर्खेलाई चिन्छस्’मा आयुषासँग अभिनेता निर्माता सुवास थापा लिड रोलमा छन् भने बिनिता खड्का, सुरेश उप्रेती लगाएतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

हेर्नुहोस् हङकङमा रमाउँदै गरेकी आयुषाले सार्वजनिक गरेका केहि तश्विरहरु (फोटो श्रोतः फेसबुक) (ठुलो साइजमा हेर्न फोटोमा क्लिक गर्नुहोस्)

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu