दशकपछि सेक्सी बनिन् नन्दिता



nandita

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका नन्दिता केसी अहिलेसम्म कै हट अवतारमा देखिएकी छिन् । एक दशक भन्दा लामो चलचित्र करिअरमा केसीले पहिलो पटक चलचित्रमा आइटम नृत्य गर्दै आफुलाई सेक्सी अवतारमा देखाएकी छिन् ।

‘आई नीड योर लभ बेबी’ भन्दै ठमेलको एक बारमा नृत्य गर्दै गरेको बेला उनका केहि तस्विर र भिडियो फुटेज क्यामेरामा कैद गरिएको छ । उक्त गीतमा गम्भिर बिष्टको कोरियोग्राफीमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

युवा निर्देशक आशिष भेटवालको निर्देशनमा बन्दै गरेको यो चलचित्र एक्सन प्रधान छ । आशिषले यसै चलचित्र मार्फत डेब्यू गरेका हुन् । निर्देशकका अनुसार यो चलचित्रको नाम ‘जंगबहादुरको कोट’ भएता पनि राणा शासक जंगबहादुरको प्रसंग उठेको छैन ।

यो चलचित्रमा विमलेष अधिकारी, अनुप बराल, विश्व बस्नेत, शुचित्रा आचार्य, सुवांगी कोइराला, मोहन निरौला, रश्मी भट्ट लगाएतको मुख्य भूमिका छ । ३० प्रतिशत दृश्य अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रको अब १० दिनमा छायांकन काम सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu