आजबाट ‘मेरो भ्यालेण्टाइन’



mero-valentine-2

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी शुक्रवारबाट एक मात्र नेपाली चलचित्र दर्शक माझ आएको छ । सुरज सुब्बा नाल्बो निर्देशित चलचित्र ‘मेरो भ्यालेन्टाईन’ सिङ्गल रिलिज भएको हो । अघिल्लो हप्ता प्रदर्शनमा आएको हिन्दी सिनेमा ‘किक’को प्रभाव घट्दै गएकोले चलचित्रको कथा राम्रो बनेको खण्डमा दर्शकको साथ पाउने अपेक्षा चलचित्रकर्मीहरुको छ ।

सुशिल श्रेष्ठको लगानी रहेको यो चलचित्रमा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह, सुस्मिता ढकाल लिड रोलमा छन् । प्रेक कथा समेटेको यो चलचित्रमा निशा बाबु र सुस्मिता स्वतन्त्रप्रताप को अपोजिट क्यारेक्टरमा छन् ।

यो सँगै दुई हलिउड सिनेमा ‘प्लेन्जः फायर एण्ड रेस्क्यु’ र ‘हर्कुलस थ्रीडी’ पनि प्रदर्शन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu