आम नागरिकको प्रतिनिधी ‘बिर्खे’ !



birkhelai-chinxas

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अराज केशवको डेब्यु निर्देशनमा तयार चलचित्र ‘बिर्खेलाई चिन्छस्’ यतीबेला चर्चामा छ । ‘बिर्खे’ नामक पात्रको रुपमा आम नागरिकको प्रतिनिधी बनेर अभिनेता सुवास थापा दर्शकमाझ प्रस्तुत हुँदैछन् । सार्वजनिक गरिएको चलचित्रको ‘टिजर’ले नै मन धेरै दर्शकको जितेको अवस्थामा चलचित्र कस्तो बनेको छ त भन्नेमा दर्शकमा थप उत्सुकता जागेको छ ।

चलचित्रमा सुवाससँगै आयुषा राई, बिनिता खड्का, सुरेश उप्रेती लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रका निर्माता पनि सुवास नै हुन् । चलचित्र युनिटले यहि श्रावण १८ गते देश संविधान बिहिन भईरहेको अवस्थामा दलहरुलाई दवाव दिन सांकेतिक बिरोध स्वरुप ‘बिर्खेलाई संबिधान देउ’ भन्ने प्लेकार्ड सहितको र्याली निकाल्ने तयारीमा छ । उक्त र्यालीमा चलचित्रकर्मीसहित बिभिन्न कलाकर्मी तथा आम नागरिकहरु सहभागी हुने निर्माता तथा अभिनेता सुवास थापा बताउँछन् ।

कमेडीबेसमा रहेर तयार केहि चलचित्रहरुले दर्शकको राम्रो साथ पाईरहेको अवस्थामा प्रदर्शन अगावै राम्रो ‘हुईम क्रियट’ गर्न सफल चलचित्र पनि दर्शकमाझ लोकप्रिय बन्ने विश्वास धेरैको छ । केहि दिन भित्रमा नै चलचित्रको ट्रेलर सार्वजनि कगर्ने तयारी भईरहेको निर्देशक अराज केशवले बताए । यो चलचित्र भदौ २० गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

चलचित्रको प्रचार-प्रसारको लागी भन्दै अर्क हप्ता चलचित्र निर्माण युनिट तथा कालाकरसहितको एक टोली देश दौडाहमा निस्कने तयारीमा छ ।

निर्देशक अराजको डेब्यु निर्देशन अनि अभिनेता सुवासको डेब्यु लगानीमा बनेको यो चलचित्र ‘बिर्खेलाई चिन्छस्’ को नाम जस्तै बिर्खेलाई दर्शकले पनि हलसम्म गएर चिन्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu