पार्वतीको नौनीजस्तो मस्त जवानीलाई तक्मे बुढाको काउण्टर



takme-parbati

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्र ‘हमजाएगा’को ‘मस्त जवानी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा तक्मे बुढाको नामले परिचित विल्सन बिक्रम राई र पार्वती राईको रमाईलो नृत्य रहेको छ । विल्सनलाई पार्वतीको जवानीले लठ्ठाएको छ । उनको जवानी पाउन जे गरन पनि तयार छन् विल्सन ।

नेपाल र भारतको दार्जिलिङ आसपासमा प्रचलित अनि धैरैले सुनेको शब्द हो ‘हमजाएगा’ । यो शब्द झट्ट सुन्दा नै रोमान्टिक कुराको लागी प्रयोग हुने ठान्न सकिन्छ । यो शब्दलाई नै जोडेर कमेडी जनरामा चलचित्र ‘हमजाएगा’ बनेको हो ।

बाबु श्रेष्ठले खिचेको यो चलचित्रलाई सुरेन्द्र पुनःले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंम को नै हो । चलचित्रमा बाबु बोगटी, विल्सन विक्रम राई, पार्वती राई, मनोज आरसी, रवि गिरी, ऋचा धिताल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

टंक गुरूङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामा चलचित्रका निर्माता हुन् । योगेन्द्र श्रेष्ठले द्वन्द्व निर्देशन गरेको यो चलचित्रमा नृत्य कमल राईको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu