‘रेशम फिलिली’ भारतमा पनि प्रदर्शनमा आउने



resham-filili

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
रिलिज मिति तय समेत नहुँदै फिल्म ‘रेशम फिलिली’को ‘ओभरसिज राईट’ बिक्री भएको छ । रिलिज अगाडि नै नेपाली फिल्म धमाधम विदेशमा बिक्री हुने क्रमले निरन्तरता पाईरहँदा यो चलचित्रलाई भारतमा प्रदर्शनको लागी प्रदर्शन अधिकार बिक्री भएको अभिनेता तथा निर्माता बिनय श्रेष्ठले बताए ।

भी मोसन पिक्चर्सको व्यानरमा तयार यो फिल्मको भारतिय प्रदर्शन अधिकार बिक्री गरेर विनय विहिबार नेपाल फर्किएका छन् । उनले भारतका सबैजसो नेपाली बहुल क्षेत्रमा वितरण र प्रदर्शन अधिकार सिक्किमको ह्वाइट हर्स कम्पनीलाई बेचेको बताए । यसअघि नै कमेडी जनराको रेशम फिलिली बेलायत र अमेरिकामा बिक्री भैसकेको छ ।

‘भिजागर्ल’ पछि विनयको निर्माणमा बनेको यो दोस्रो फिल्म हो । नयाँ वर्षको छेकोमा दर्शकमाझ ल्याउने तयारी भईरहेको प्रणव जोशी निर्देशित यो फिल्मलाई ब्रान्डेड स्वरुप दिन कुनै कसर बाँकी नराख्ने बिनय बताउँछन् । फिल्ममा विनय, मेनुका प्रधान, कामेश्वर चौरासिया लगायतको मुख्य अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu