आमिर खानको न्यूड पोस्टरमाथी आपत्ती | धर्मगुरु भन्छन्, ‘यस्तो काम जनावरले मात्र गर्छ’



aamir-khan

आमिर खानको न्यूड पोस्टरबाट हिन्दु तथा मुस्लिम धर्मगुरु भड्किएका छन् । यो पोस्टर उनको फिल्म ‘पीके’को हो । लखनउका इमाम मौलाना खालिद रशीद फिरंगी महलीले यो पोस्टरको भ्रत्सर्ना गरेका छन् । उनले आमिरले एकदमै गलत काम गरेको बताएका छन् ।

अखिल भारतीय अखडा परिषदका अध्यक्ष महन्त ज्ञानदासले यस्तो काम जनावरले मात्र गर्न सक्ने बताएका छन् । उनले केन्द्र सरकारसँग पोस्टरमा रोक तथा सेन्सर बोर्ड नै भंग गर्नुपर्ने माग गरेका छन् ।

‍अल इण्डिया मुस्लिम महिला पर्सनल ल बोर्डकी अध्यक्ष शाइस्ता अम्बरले गलत काम भएको बताएकी छिन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेन्सर बोर्डको पुनर्गठनको माग गरेकी छिन् । बोर्डका प्रवक्ताले समेत पोस्टर ब्याण्ड गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu