मोदी आउँदा रोकिएका चलचित्रका कार्यक्रमहरु



birkhe

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण केहि चलचित्रका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित भए । चलचित्र बिर्खेलाई चिन्छस्’ले गर्न लागेको संबिधान सभा घेराउ र र्‍याली २२ गतेको लागि सर‍यो । र्‍यालीको लागि जिल्ला प्रसासन कार्यालयले अनुमती नदिएपछि रोकिएको निर्देशक अराज केशवले ठुलोपर्दा डटकमलाई बताए ।

mero-valentine-show

त्यस्तै आइतबार नै गर्ने भनिएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’को बिशेष शो पनि स्थगित भएको हो । अतिथि, संचारकर्मी र कलाकारका लागि आयोजित उक्त कार्यक्रम सवारी आवागमनको कठिनाईको कारण रोकिएको निर्माता शुसिल श्रेष्ठले बताए ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले प्रायः क्षेत्रमा असर पारेको छ । कडा सुरक्षा प्रवन्ध मिलाउन केहि रुटहरुमा सवारी साधन आवागमनमा रोक लगाएपछि सडकमा व्यस्तता घटेको छ । आइतवार देखी सुरु भएको दुई दिने भ्रमणभरी उपत्यका यस्तै अवस्थामा भेटिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu