अनुभव-सुज्ञानी देखी प्रेम परियार उत्कृष्ट पाँचको प्रतिष्पर्धामा



award

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र नृत्यकार संघको आयोजनामा हुन लागेको ‘डि.सि.ए. सिने अवार्ड’को उत्कृष्ट पाँचको नोमिनेशन सार्वजनिक गरिएको छ । आईतवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नृत्यकार संघले निकट भविष्यमा हुन लागेको अवार्डको ‘टप फाईव’ को नोमिनेशन सार्वजनिक गरियो । नोमिनेशन अनुसार बाल कलाकारहरुको कडा प्रतिष्पर्धा देखिएको छ । अनुभव रेग्मी, सुज्ञानी भट्टराई देखी बाल गायक प्रेम परियार सम्म नोमिनेशनमा आएका छन् ।

अवार्डमा चलचित्र ‘नाई नभन्नु ल २’ सबैभन्दा बढी १५ विधामा नोमिनेशनमा परेको छ । उत्कृष्ट चलचित्रदेखी निर्देशक, बाल कलाकार, चरित्र अभिनेता, सह अभिनेता, सह- अभिनेत्री सहित गायन संगीत लगायतका १५ विधामा यो चलचित्रले बर्चस्व कायम राख्यो । त्यस्तै, चलचित्र ‘मधुमास’, ‘महशुस’ र ‘छ एकान छ’ ले पनि धैरै विधामा अवसर पाए भने प्रदर्शनमा नै नआएको चलचित्र ‘भिमदत्त’लाई पनि ११ विधामा मनोनयनमा राखिएको छ ।

२०७० सालभरी प्रदर्शनमा आएका चलचित्रहरु मध्येबाट जुरी सदस्यहरुको छनोटमा परेका चलचित्रहरु मनोनयनमा परेका हुन् । ३५ विधामा वितरण गरिने यो अवार्ड कहिले वितरण हुन्छ भन्ने भने खुलाइएको छैन ।

कार्यक्रममा बोल्दै नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिनले अवार्डलाई निष्पक्ष कसरी बनाउने भन्नेमा मात्र ध्यान केन्द्रित गरेको भन्दै जुरी सदस्यहरुको छनोट र एसएमएस भोटिङबाट छानिने बिजेतामा कसैले शंका नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu