पत्नी सपनासँग केक काटे आर्यनले



aaryanठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक आर्यन सिग्देलले मंगलवार आफ्नो तीस औँ जन्मदिन मनाएका छन् (जन्म दिन श्रोत विकिपिडिया) । उनले पत्नी सपनासँग केट काटेर सबेरे जन्मदिन मनाएका हुन् ।

सपनाले सार्वजनिक गरेका तस्वीरमा आर्यन र सपना केक काट्दै गरेका भेटिन्छन् । आर्यनको वास्तविक नाम हरिष सिग्देल हो । उनि रसुवाको धुन्चेमा जन्मिएका हुन् । हाल काठमाण्डौको थानकोटमा घर भएता पनि महाराजगञ्जमा फ्ल्याट लिएर बसोबास गर्छन् । उनले महाराजगञ्जमा नै जन्मदिन मनाएको आर्यनका नजिकका साथीले बताएका छन् । उनले साथीभाईलाइ समेत कुनै खबर नगरेको बताईएको छ ।

आर्यन रंगमञ्चमा अभिनय करियर सुरु गरि आफ्नो समेत लगानिमा बनेको चलचित्र ‘नोभेम्वर रेन’ सम्म आईपुगेका छन् । रिलिज हुन बाँकी केहि चलचित्र छन् । उनको करियरा सम्झन लायक चलचित्रमा ‘नोभेम्वर रेन’, ‘मेरो एउटा साथि छ’, ‘आई एम सरी’ लगाएतका छन् । रेखा फिल्मसले बनाएको चलचित्र ‘किस्मत’बाट आफ्नो चलचित्रको भाग्य कोरेका थिए ।

नायक आर्यन सिग्देललाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu