सञ्चारकर्मी माझ ‘मेरो भ्यालेन्टाईन’, पात्र छनौटमा टिप्पणी



valentine

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘मेरो भ्यालेन्टाईन’को युनिटले मंगलवार राजधानीमा सञ्चारकर्मी माझ चलचित्र देखाएको छ । कुमारी हलमा आयोजना गरिएको ‘प्रेस सो’मा सञ्चारकर्मीहरुको साथमा चलचित्र युनिटको उपस्थिती थियो ।

चलचित्र हेरिसकेपछी बीच-बीचमा हँसाउन सफल भएकोमा निर्देशक सुरज सुब्बा नाल्बोको तारिफ गरे भने कथा राम्रो हुँदा हुँदै पनि कता-कता पात्र छनोटमा कमजोरी देखिएको भान भएको धेरैको प्रतिक्रिया थियो ।

निर्माता सुशिल श्रेष्ठ, निर्देशक नाल्बो तथा कलाकार बाबु बोगटी र निशा अधिकारीले पनि सञ्चारकर्मीहरुसँगै चलचित्र हेरेका थिए । शुक्रवारबाट प्रदर्शनमा आएको यो चलचित्रले दर्शकबाट मध्यम साथ पाएको छ । सोमवारसम्म २० लाख बराबरको ग्रस कलेक्शन गरेको जानकारीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu