लोकतन्त्र दिवसमा पुनः आउँदैछ ‘जन्मभुमी’



Janma-Bhumi-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमीको डविङ अन्तिम चरणमा पुगेको छ । डविङ सकाइदै गर्दा एकसाथ कलर संयोजन तथा पाश्र्व संगीतको समेत काम भइरहेको छ । खासगरी सामाजिक कथामा केन्द्रित जन्मभुमीमा राष्ट्रप्रेम झल्काइएको बताईएको छ ।

राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाहृय हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्रले बोलेको छ । चलचित्र जन्मभुमी मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको निर्देशक मोहन निरौलाले वताए ।

janma-bhumi-2

चलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज र मोहन निरौलाको मुख्य भुमीका रहेको छ । चलचित्रमा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङ्कन, शंकर विसीको नृत्य निर्देशन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।

चलचित्रमा सुरज गिरीको लगानी रहेको छ । आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर चलचित्र रिलिज गरिनेछ । यस अघि थुप्रै टेलिश्रृंखलाको लेखन, निर्देशन अभिनय तथा चलचित्रको प्रसस्त लेखन तथा अभिनय गरेका मोहन निरौलाले यस अघि पुकार र २०५२ सालमा पनि ‘जन्मभुमी’ नामक चलचित्रकै निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu