आठ वर्षिय सौगातको ‘लभ यू बाबा’को छायाङ्कन शुरु



lov

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आठ बर्षिय बालक सौगात विष्टको निर्देशनमा निर्माण गर्न लागीएको चलचित्र ‘लभ यू बाबा’ को छायाङ्कन शुरुभएको छ । असाधारण प्रतिभाका धनि सौगात विष्टको निर्देशनमा कस्तो चलचित्र बन्ला भनेर जिज्ञासा शुरु भइरहेकै बेला उनको निर्देशनमा बन्ने चलचित्र ‘लभ यू बाबा’ को शुक्रबारबाट शुटीङ थालिएको हो । मुलतः मौलिक नेपाली सामाजिक विषयबस्तुमा बाबु-छोरी विचको आत्मीय सम्बन्ध र घटना एवं परिदृश्यलाई समेटीएर यो चलचित्र निर्माण गरिदैछ ।

सौगात विष्टले यो चलचित्र निर्देशन गरेपछि उनि विश्वकै कान्छो निर्देशकका रुपमा चिनिनेछन् । यस अघि भारतका नौं वषिर्य बालकले चलचित्र निर्देशन गरेर गीनीज वल्र्ड रेकर्डमा विश्वकै कान्छा निर्देशकका रुपमा आफ्नो नाम लेखाउन सफल भएका थिए । अव त्यो भन्दा एक वर्ष कम उमेरका सौगातले चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेपछि विश्वकै कान्छा निर्देशक हुनेछन् । साथसाथै यो चलचित्रले गीनीज वल्र्ड रेकर्ड्समा नाम लेखाउने छ भने त्यसकालागी प्रकृया समेत थालिसकिएको निर्माण युनिटले जनाएको छ ।

lov-1

चलचित्र ‘लभ यू बाबा’ ले पुजा आजा गरेर शुक्रबार छायाङ्कन प्रारम्भ गरेको हो । छायाङ्कन शुभारम्भ मुख्यकलाकार गजित विष्ट र संगम विष्टको दृष्य बाट शुरु भएको छ । चलचित्रमा गजित र संगमको अलावा निश्मा घिमिरे, अशिस्मा नकर्मी, अनु शाह, निर्मल शर्मा, वसन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङ, प्रकाश बस्नेत, राजु बजाज, सुरेन बसेल आदी को मुख्य भुमिका रहेको छ । चलचित्रको कथा गजित विष्ट नै हो भने पटकथा तथा कोरीयोग्राफी गम्भिर विष्टले गरेका छन् । छांयाङ्कन दिव्य सुवेदिको रहेको छ भने द्वन्द्व निर्देशन चन्द्र पन्तले गरिरहेका छन् । चलचित्रमा दिपक शर्मा, स्वरुपराज आचार्य, डेनी निरौला र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिपि्रय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् ।

चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा यो चलचित्रमा देखा पर्दैछन् । त्यस्तै कलाकार अनु शाहले पनि यो चलचित्रका अतिथी भुमिका निर्वाह गरेकी छीन् । चलचित्रको करिव २५ दीनमा छायाङ्कन सकाइने लक्ष्य राखीएको छ भने मंसीर अन्तिम साता यो चलचित्रको रिलिज गर्ने लक्ष्य राखीएको छ । चलचित्रको निर्माता सम्झना पोखरेल हुन् भने सह-निर्माता रोशनी बज्राचार्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu