प्रसंशकलाई पिडा नहोस भनेर शव नेपाल नलैजान भनेका थिए श्रीकृष्णले



shreeठुलोपर्दा डटकम, काठमाण्डौ ।
गएराती भारत नयाँ दिल्लीको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएका नायक श्रीकृष्णले श्रेष्ठले आफ्नो शव नेपाल नलैजान दाजू मिनकृष्णसँग अनुरोध गरेको बुझिएको छ । आफ्नो जीवनको अन्तिम समयमा प्रसंशकहरुलाई पीडा हुन्छ भनेर श्रीकृष्णले आफ्नो शव नेपाल नलैजान भनेको बताईएको छ ।

श्रेष्ठको शव नेपाल ल्याउने तयारी भइरहेको छ । उनी राष्ट्रका गहना भएकाले उनको शवलाई सरकारी सम्मानसाथ नेपाल ल्याउने तयारी भइरहेको बताईएको छ । अहिले दिल्लीस्थित नेपाली दुतावासका कार्यवाहक प्रमुखसहित अन्य पदाधिकारी एपोलो अस्पतालमा छन् ।

शवलाई नेपाल ल्याउन काठमाडौंबाट उनका दाजूसहित तीन जना आफन्त बिहान दिल्ली गएका छन् । दिल्लीमा श्रेष्ठ पत्नी श्वेता र दाजू मिन छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu